अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह
अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह
राजघानी खबर
प्रकाशित मिति: 09 Jul 2025
"0"
Comments
काठमाडौँ, २५ असारः प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ । बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिनुभयो ।
गृहमन्त्रीले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा उहाँसँगै प्रतिनिधिमण्डलमा जाने व्यक्तिका बारेमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान्छन्, प्रधानमन्त्रीसँगै भ्रमणमा जानुभएकामध्ये कोको फर्केर आउनुभएन उहाँहरूको नाम सार्वजनिक गरिदिनुभयो भने सरकारलाई सजिलो हुने थियो, त्यसकारण प्रधानमन्त्रीको स्पेन भ्रमणका बारेका गलत प्रचार भएको छ ।”
उहाँले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निलम्बित सांसद रवि लामिछानेले कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको थियो रे भन्ने सुनेको छु, भिजिट भिसामा जाने भनेको भिजिटर नै हो, मलाई जानकारी होस्, उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन ?”
मन्त्री लेखकले सरकारले पूर्वसांसद, पूर्वमन्त्री र सुरक्षा पाउनुपर्ने/नपाउनुपर्ने सबैलाई सुरक्षा दिएर सुरक्षाको दुरुपयोग भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा ‘सर्भिसिङ’ गर्न चाहन्छन्ः अध्यक्ष दाहाल
प्रकाशित मिति: 14 Jul 2025
प्रतिनिधिसभाः मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण
प्रकाशित मिति: 13 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
