‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग
‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग
राजघानी खबर
प्रकाशित मिति: 15 Jul 2025
"0"
Comments
काठमाडौँ, ३१ असारः ‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका तर्फबाट निर्वाचित सांसद शिव नेपालीलाई समय दिनुभयो । उहाँले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न माग गर्दै २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो ।
राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा नदिए समस्या समाधान नहुने बताउनुभयो । उहाँले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुर्नेमा जोड दिनुभयो । उहाँले बोलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । सभामुख घिमिरेले सांसदहरुले उठाउनुभएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराउनुभयो ।
सम्बन्धित खवर
जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा ‘सर्भिसिङ’ गर्न चाहन्छन्ः अध्यक्ष दाहाल
प्रकाशित मिति: 14 Jul 2025
प्रतिनिधिसभाः मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण
प्रकाशित मिति: 13 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
