प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार
प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार
राजघानी खबर
प्रकाशित मिति: 09 Jul 2025
"0"
Comments
काठमाडौँ, २५ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् ।
बैठक प्रारम्भ हुनासाथ रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने जानकारी दिनुभयो । “नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ”, उहाँले भन्नुभयो, “हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिस्कार गरिरहेका छौँ ।”
राप्रपाका सांसद अनिशा नेपालीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको भए पनि सामान्य समिति गठन गरेर आलटाल गरेको बताउनुभयो । उच्चस्तरीय छानबिन आयोग नबनेसम्म राप्रापाले संसद् बैठक बहिस्कार गर्ने जानकारी दिनुभयो । उहाँले देशका विभिन्न स्थानमा प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रास्वपा र राप्रपाका तर्फबाट गौतम र नेपालीले आ–आफ्ना धारणा राखेपछि दुई दलका सांसदहरु बैठककक्षबाट बाहिरिनुभएको थियो । रास्वपा र राप्रपाले भिजिट भिसाको दुरुपोग सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर रास्वपाका तर्फबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाउनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा ‘सर्भिसिङ’ गर्न चाहन्छन्ः अध्यक्ष दाहाल
प्रकाशित मिति: 14 Jul 2025
प्रतिनिधिसभाः मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण
प्रकाशित मिति: 13 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
