ऊर्जा विकासमा सहजीकरण गर्न माग
ऊर्जा विकासमा सहजीकरण गर्न माग
राजघानी खबर
प्रकाशित मिति: 15 Jul 2025
"0"
Comments
काठमाडौँ, ३१ असारः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २३औँ वार्षिक साधारणसभा आज यहाँ सम्पन्न भएको छ । साधारणसभामा सरोकारवालाले ऊर्जा विकासमा सहजीकरणको माग गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जनार्दन शर्माले आर्थिक विकासलाई माथि उकास्ने आधार नै ऊर्जा क्षेत्र रहेकाले ‘आइपिओ’ निष्कासनमा ढिलाइ गर्न नहुने बताउनुभयो । “अनावश्यक रुपमा जलविद्युत् आयोजना दर्ता गर्नु हुँदैन । खोला किन्ने र आयोजना नचलाउने प्रवृत्ति बढेको छ । अनि जसले लगानी गरेर चलाउन सक्ने क्षमता छ उसले खोला नपाउने अवस्था छ । यसलाई रोकियोस्,” उहाँले भन्नुभयो, “उत्पादन गर्न सक्ने क्षमता भएकालाई मात्रै आयोजनाको लाइसेन्स दिइयोस् ।”
कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जामा निजी क्षेत्रको लगानी र योगदानको चर्चा गर्दै आगामी दिनमा थप सहजीकरण आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले जलविद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी रु १३ खर्ब नाघिसकेको उल्लेख गर्दै आगामी १० वर्षमा थप रु ३० खर्ब लगानी आवश्यक पर्ने बताउनुभयो ।
उहाँले सरकारको ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयनप्रति शङ्का जनाउँदै ‘सनसेट ल’ जस्ता विशेष कानुनी व्यवस्था गरी ऊर्जा विकासलाई सङ्कटकाल घोषणा गर्न माग गर्नुभयो । साथै, वन ऐन, वातावरण ऐन, निकुञ्ज तथा अन्य कानुनी अवरोधले ४० हजार मेगावाट बराबरका आयोजना प्रभावित भएको उल्लेख गर्दै नीति परिवर्तनको आग्रह गर्नुभयो ।
कार्यक्रममा टेक एन्ड पे, पिपिए प्रणाली, आइपिओ निष्कासन रोकिएका समस्या, स्थानीय तहबाट गैरकानुनी कर, प्रसारण अवरोध, निकुञ्जभित्र आयोजना निर्माण निषेध, बाढीबाट क्षतिग्रस्त आयोजना राहतलगायतका विषयमा गम्भीर चासो व्यक्त गरिएको थियो ।
इप्पानले निजी क्षेत्रलाई विद्युत् व्यापार, वितरण तथा हाइड्रोजन उत्पादनको अनुमति दिन, ऊर्जा ऐन २०८० लाई लगानीमैत्री बनाउन र स्वदेशी खपत बढाउन ठूला उद्योग स्थापना गर्न सरकारलाई आग्रह गरेको छ ।
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
