गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि
राजघानी खबर
प्रकाशित मिति: 17 Jul 2025
"0"
Comments
वीरगञ्ज (पर्सा),१ साउनः मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पु¥याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ भरिमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले करिब साढे १८ अर्ब राजस्व सङ्कलन वृद्धि भएको जानकारी दिनुभयो । ‘‘कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा भने उल्लेखनीय मात्रामा वृद्धि भएको छ,’’ उहाँले भन्नुभयो,‘‘यहाँको राजस्व सङ्कलनको मुख्य हिस्सा भने पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात नै हो ।’’
वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४ दशमलव एक प्रतिशत अर्थात् रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्रै राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जकै अर्काे सुख्खाबन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
भन्सार विभागले सुख्खाबन्दरगाह भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले सो अवधिमा भने वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ रकम राजस्व सङ्कलन गरेको थियो
प्रमुख भन्सार प्रशासक लामिछानेले वीरगञ्जका दुवै भन्सार कार्यालयले गत आव भरिमा समग्रमा रु दुई खर्ब २५ अर्ब ९५ करोड राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । ‘‘मुलुकभरिमा कुल भन्सार राजस्व रु चार खर्ब ८४ अर्ब सङ्कलन भएको छ । जसमध्ये यहाँका दुई भन्सार कार्यालयको समष्टिगत हिस्सा भने ४६ प्रतिशत रहेको छ ।’’ उहाँले भन्नुभयो,‘‘दुवै भन्सार कार्यालयले समग्रमा अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’’
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा अर्थतन्त्रमा केही सहजता हुुँदा राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो ।‘‘अर्थतन्त्रमा केही सुधारका सङ्केत देखापरेकाले पनि राजस्व सङ्कलनमा केही सुधार देखिएको छ,’’ उहाँले भन्नुभयो,‘‘नेपालको अर्थतन्त्र आयातमुखी भएकाले पनि युवा वर्ग विदेशतर्फ पलायन हुँदा खपतमा समस्या पनि यथावत् नै छ ।’’
वरिष्ठ उपाध्यक्ष राजपालले नेपाल र भारतबीच १७ सय किलोमिटर खुला सीमानाका भएकाले पनि अनौपचारिक ढङ्गले आयात हुँदा पनि लक्ष्य भेट्टाउन कठिन भएको बताउनुभयो ।‘‘हाम्रोमा राजस्वमा लक्ष्य वास्तविकभन्दा पनि धेरै ठूलो राख्ने गरिन्छ । जसले गर्दा पनि सहजै लक्ष्य भेट्टाउन मुस्किल पर्ने गर्छ,’’ उहाँले भन्नुभयो,‘‘राज्यले लगानीमैत्री वातावरण गरेर मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान दिन जरुरी भइसकेको छ ।’’ वरिष्ठ उपाध्यक्ष राजपालले विगतको तुलनामा चालु आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएकाले पनि मुलुकको शिथिल भएको अर्थतन्त्रलाई चलायमान गराउनेतर्फ सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
