मुख्य र प्रमुख सचेतकलाई सभामुख घिमिरेले बोलाए, संसद्को क्यालेन्डरबारे छलफल हुने
मुख्य र प्रमुख सचेतकलाई सभामुख घिमिरेले बोलाए, संसद्को क्यालेन्डरबारे छलफल हुने
राजघानी खबर
प्रकाशित मिति: 15 Jun 2025
"0"
Comments
काठमाडौँ, १ असार : सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।
उनको सचिवालयका अनुसार सभामुख घिमिरेले आइतबार बिहान ९ बजे प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। छलफल सिंहदरबारमा हुनेछ । विपक्षीको अवरोधका कारण जेठ १३ गतेदेखि नै संसद्ले क्यालेन्डर बमोजिम काम गर्न पाएको छैन। यसबीचमा बजेट प्रस्तुत भएपनि बजेटमाथिको छलफल प्रभावित भएको छ।
सभामुख घिमिरेले प्रभावित भएको कार्यतालिकाबारे छलफल गर्ने र संसद् सञ्चालनका विविध विषयहरूमा छलफल गर्ने गरी बैठक बोलाएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएकोमा शुक्रबार सत्तापक्ष र विपक्षबीच छानविन समिति गठन गर्ने सहमति भएको थियो।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : कांग्रेस महामन्त्री थापा
प्रकाशित मिति: 17 Jul 2025
जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
प्रकाशित मिति: 17 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
