दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

"0" Comments

मोरङ, २८ जेठ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेश भ्रमण सकेर आज काठमाडौँ फर्कने क्रममा विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुद्दामा सबै पार्टीहरूबीच छलफल गरी एकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले वर्तमान शासन प्रणालीप्रति जनता सन्तुष्ट रहेको चर्चा गर्दै अब विकासको आकाङ्क्षालाई पूरा गरी आर्थिक समृद्धितर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफ्नो कोशी प्रदेश भ्रमण राजनीतिक उद्देश्यले नभएको बताउनुभयो । विराटनगरमा भएको पालिकास्तरीय उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन र झापामा विद्यार्थीको विज्ञान प्रदर्शनीमा सहभागी हुन आफू यहाँ आएको प्रष्ट पार्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आफू विगतमा प्रजातन्त्रिक आन्दोलनमा सहभागी भएको र राष्ट्रपति बनाएको पार्टीप्रति हाल पनि आस्था रहेको धारणा राख्नुभयो । उहाँले आफू कहिले पनि कुनै गुटबन्दीमा नरहेको बताउँदै मुलुकको समृद्धि कायम गर्नेतर्फ मुख्य ध्यान रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले विगतमा भएका एकता टिकाउ नभएका उदाहरण स्मरण गर्दै मुलुकमा वाम एकता हुनेतर्फ विश्वास नरहेको चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *