यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछः सञ्चारमन्त्री गुरुङ
यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछः सञ्चारमन्त्री गुरुङ
राजघानी खबर
प्रकाशित मिति: 11 Jun 2025
"0"
Comments
काठमाडौँ, २८ जेठः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बृहत् छलफल भइरहेकाले यथाशीघ्र संसद्को नियमित बैठक बस्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा छलफल भइरहेकाले सम्भवत आजभोलिमै सहमति भएर बैठक बस्ने बताउनुभयो ।
प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्नु अर्थहीन रहेको बताउँदै उहाँले भन्नुभयो, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि कारबाही सुरु गरेको छ । भ्रष्टाचारसम्बन्धी विषयमा आयोगले कारबाही सुरु गरिसकेकाले मन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु उचित हुँदैन । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भनेदेखि सरकार सञ्चालनमा समस्या उत्पन्न हुन्छ ।”
मन्त्री गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेकाले सम्भवत आजभोलिदेखि नियमित बैठक बस्ने बताउनुभयो । गृहमन्त्रीले राजीनामा दिने विषयमा संसदीय छानबिन समिति केका लागि र कसरी बनाउने भन्ने विषय महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । “हाम्रो माग गृहमन्त्रीले आफूमाथि उठिरहेका सबै प्रश्नका बारेमा आफ्नो धारणासहित उत्तर दिन पाउनुपर्छ भन्ने हो । प्रतिपक्षले संसद् बैठक बस्न दिएर सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : कांग्रेस महामन्त्री थापा
प्रकाशित मिति: 17 Jul 2025
जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
प्रकाशित मिति: 17 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
