‘नयाँ शक्तिहरु किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्’

‘नयाँ शक्तिहरु किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्’

"0" Comments

काठमाडौँ, ३१ जेठः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक राजनीतिललाई अगाडि बढाउन वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

१०औँ पार्टी स्थापना दिवसका अवसरमा आज आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले युवा पुस्तामा वैकल्पिक राजनीतिक चेतना अभिवृद्धि गर्दै मुलुकको आर्थिक समृद्धिमा क्रियाशील हुनुपर्ने बताउनुभयो ।

नयाँ शक्ति जुन उत्साहकासाथ सुरु गरिएको थियो पछिल्लो चरणमा अलिकति बरालिएकै हो, अपेक्षित उपलब्धी हाँसिल नभएकै हो”, उहाँले भन्नुभयो, “उपलब्धीलाई टेकेर नेपाललाई समृद्धिको यात्रामा लैजाने भनेर सुरु गरेका थियौँ । तर यो किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन् ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले अहिलेकै अवस्थाबाट राजनीतिलाई अगाडि बढाउन नसकिने भन्दै राजनीतिक आचरणलाई परिवर्तन गर्न जरुरी भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वैकल्पिक राजनीतिको माध्यमबाट आर्थिक दृष्टिकोण अलमल रहेको आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनुपर्नेमा जोड दिनुभयो समाजवादी बहसलाई नयाँ पुस्तामा लैजान जरुरी छ ।

संयुक्त पहिचानवादी मोर्चा सचिवालय सदस्य खगेन्द्र माखिमले नेपाली राजनीतिमा वैकल्पिक राजनीति आवश्यक रहेको भन्दै वैकल्पिक शक्तिका लागि नेतामा वैकल्पिक सोच, संस्कार र संस्कृति आवश्यक रहेको बताउनुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पार्टी स्थापनाको १०औँ बार्षिकोत्सव मनाएको हो । विसं २०७३ जेठ ३० गते वैकल्पिक शक्ति बनाउने अठोटसहित पूर्वप्रधानमन्त्री डा भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *