रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी
रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी
राजघानी खबर
प्रकाशित मिति: 14 Jul 2025
"0"
Comments
चन्द्रपुर (रौतहट), ३० असार : पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो ।
विगत तीन महिनादेखि सो क्षेत्रको वनजङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ । ड्रोनबाट वनजङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सबडिभिजन वन कार्यालय जङ्गल सहियाका वन अधिकृत विनोद जेठराले बताउनुभयो ।
ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृत जेठराको भनाइ रहेको छ । ड्रोनको प्रयोगले तस्कर पक्राउ गर्न पनि सहज भएको उहाँले बताउनुभयो ।
ड्रोनका कारण धन्सारखोलाबाट हुने ढुङ्गागिट्टीको तस्करी पनि नियन्त्रणमा आएको जेठराले बताउनुभयो । सो क्षेत्रका दाउराका नाममा सयौँ साइकलहरू जङ्गलमा गएर सालको लाथ्रा काटेर लाने गर्दै आएका थिए । ती दाउराहरू रौतहटका विभिन्न इँटाभट्टाहरूमा पुग्ने गरेका छन् ।
ड्रोनबाट रौतहटको जङ्गल सहिया, चोचा, धन्सार तथा गैडाटार वनक्षेत्रको निगरानी गरिरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । अहिले एउटा मात्र ड्रोनले निगरानी गरेको र आउँदो आर्थिक वर्षमा अरू पनि ड्रोन क्यामेरा माग गरेको उहाँले जानकारी दिनुभयो । ड्रोनबाट काठ तस्करी नियन्त्रण ढुङ्गागिट्टी तस्करी नियन्त्रण जस्तामा प्रभावकारी रहेको डिभिजन वन अधिकृत साहले बताउनुभयो ।
मधेश प्रदेशको कुल वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३ दशमलव ९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिँदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणका लागि कुनै कसुर बाँकी नराखेको बताउनुभयो ।
रौतहटमा ३० हजार १७० हेक्टर वन क्षेत्र छ । जसमा सरकारद्वारा व्यवस्थित वन आठ हजार २३१ हेक्टर, तीनवटा साझेदारी वनद्वारा ११ हजार ९२७ हेक्टर, ब्लक फरेष्ट व्यवस्थापन एक हजार ५२ हेक्टर, ४३ वटा सामुदायिक वनद्वरा आठ हजार २५७ हेक्टर, चारवटा धार्मिक वनद्वारा ५१ हेक्टर र निजी वनद्वारा ६५६ हेक्टर वन क्षेत्रको संरक्षण गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षभित्र जिल्लाका विभिन्न स्थानका १२ हेक्टरभन्दा बढी जङ्गलको अतिक्रमण भूभाग क्षेत्र हटाई वृक्षरोपण गरेको उहाँले जानकारी दिनुभएको छ ।
यसैबीच डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्षमा आठ लाख १८ हजार ७८ वटा विभिन्न जातको बिरुवा उत्पादन गरेको समेत वन अधिकृत साहले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल
प्रकाशित मिति: 16 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
