खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने
खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने
राजघानी खबर
प्रकाशित मिति: 15 Jul 2025
"0"
Comments
जनकपुर, ३१ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताउनुभएको छ ।
आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसँगको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
उहाँले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ ।”
प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उहाँले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट सङ्कटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो । यस्तै, वर्तमान अवस्थावारे मन्त्रालयगत रूपमा तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
बैठकमा दातृ निकायका प्रतिनिधिहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित खवर
मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल
प्रकाशित मिति: 16 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
