राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राजघानी खबर
प्रकाशित मिति: 11 Jul 2025
"0"
Comments
काठमाडौँ, २७ असारः राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै सदस्य बिसीले ज्येष्ठ नागरिकको परिभाषामा परेका तर सामाजिक सुरक्षा भत्ता नपाउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने संस्कृतिको विकास गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । विसं २०८२ जेठ ३१ गते दर्ता भएको प्रस्ताव आज प्रस्तुत गरिएको बिसीले जानकारी गराउनुभयो ।
प्रस्तावको समर्थन गर्दै सदस्य अर्यालले हाल युवाको जनसङ्ख्या घट्दै जाने र ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने अवस्थामा पुगेकाले देशका लागि यो कुनै न कुनै रुपमा योगदान गरेका ज्येष्ठ नागरिकको सम्मान गर्न पनि उक्त प्रस्तावले सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
