प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि
प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि
राजघानी खबर
प्रकाशित मिति: 06 Jul 2025
"0"
Comments
तानसेन (पाल्पा), २२ असारः यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् ।
तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएकाले अवसर दिनुपर्ने धारणा राख्नुभयो । तीन वर्षको अनुभवले नेतृत्व कसरी गर्ने भन्नेबारे सैद्धान्तिक जानकारी प्राप्त भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो बीचमा नेतृत्व, जनसम्पर्क विस्तारलगायत क्षेत्रमा प्रशस्त अनुभव बटुल्यौँ, वडाको प्रमुखदेखि नगरको प्रमुख भएर पालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ । हामीलाई सफल बनाउन आमनागरिकको साथ र अवसरको खाचोँ छ ।”
वडा र नगर प्रमुखको आकाङ्क्षी महिला अब नेतृत्वमा आउनुपर्नेमा सदस्य भट्टराईले जोड दिनुभयो । गत स्थानीय तहबाट निर्वाचितमध्ये ३१ जना महिलाले १४ वटा वडामा कार्यवाहक वडाध्यक्षका रूपमा जिम्मेवारी लिएर काम गरिरहनुभएको छ । महिला जनप्रतिनिधि कार्यवाहक वडाध्यक्षको नेतृत्व गर्न सफल भएकाले आगामी दिनमा जिम्मेवारीसँगै वडाध्यक्ष तथा नगरप्रमुखको नेतृत्व लिन सक्षम बनेका तानसेन–५ की वडासदस्य लक्ष्मी विकले बताउनुभयो ।
हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको उहाँहरूको भनाइ छ । यहाँका १४ वटै वडाध्यक्षले दिनुभएको कार्यवाहकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका महिला जनप्रतिनिधिले बताएका छन् । उहाँहरूले स्थानीय सरकारको नीति, नियम, कार्यक्रम, योजना तथा बजेटका विषयमा विज्ञता हासिल भएको बताउनुभयो ।
अहिले नगरपालिका निर्वाचित महिला कार्यकारी पदमा नभएकाले आगामी दिनमा कार्यकारी पदमा बसेर जनताको सेवा गर्ने योजना रहेको कार्यपालिका सदस्य मञ्जु विकले बताउनुभयो । निर्वाचनमा टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले अवसर दिनुपर्नेमा जोड दिँदै जनतासँग साथ र सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।
“पार्टीले अनुमोदन गरी अवसर दिएमा जनताको सहयोगमा उल्लेख्य कार्यसम्पादन गर्ने प्रतिबद्धता गर्दछु । प्रमुखको जिम्मेवारी बहन गरी जनताको सेवा गर्ने सङ्कल्प गरेकी छु”, उहाँले भन्नुभयो ।
नगरपालिकाका ७३ जना जनप्रतिनिधिको निर्वाचित बोर्ड संरचनामध्ये उपप्रमुखसहित ३३ जना छन् । नगरका १४ वटा वडाबाट महिला र दलित गरी २८ जना महिला निर्वाचित भएका छन् भने तीन वटा वडामा खुला सदस्यमा महिला निर्वाचित भएका छन् । एक जना दलित महिलालाई तानसेन नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनीतसमेत गरेको छ ।
नगरका ३३ जना महिला जनप्रतिनिधिमध्ये उपप्रमुखसहित छ जना कार्यपालिका सदस्य छन् । ती महिला कार्यपालिका सदस्यहरू हालसम्मको कुनै पनि बैठकमा अनुपस्थित नभएका जनाइएको । साथै नगरका सबै महिला जनप्रतिनिधि विभिन्न विषयगत समितिमा बसेर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
