लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड
राजघानी खबर
प्रकाशित मिति: 02 Jul 2025
"0"
Comments
नेपालगञ्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्रभावकारी र समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।
आज नेपालगञ्जमा आयोजित विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव समारोहमा सहभागीहरूले विश्वविद्यालयलाई नेपालगञ्जमा स्थापित गर्न नागरिक समाज, सरोकार भएका निकायलगायत सबैको सहयोगबाट समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको हो ।
विश्वविद्यालयको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री एवं विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सेनाले विश्वविद्यालयलका सबै लाई जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यकता अनुसार परिवर्तन हुँदै जानुपर्ने धारण व्यक्त गर्नुभयो ।
उहाँले ३३ जना विद्यार्थीबाट सुरु भएको विश्वविद्यालय अहिले २०० हाराहारीमा पुगेको जानकारी दिँदै यसले गति समातेकाले यसको व्यवस्थापकीय भूमिकालाई बलियो बनाउनुपर्ने आवश्यक औँल्याउनुभयो ।
कुलसचिव (रजिष्ट्रार) रेगबहादुर भण्डारीले विश्वविद्यालयले प्रदान गरेको विभिन्न शैक्षिक कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीलाई आधुनिक तथा स्मार्ट प्रविधिलगायत क्षेत्रमा विशेषज्ञता प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले विश्वविद्यालयको पाठ्यक्रममा व्यवहारिक शिक्षा, अनुसन्धान, उद्यमशीलता, विकासलगायत विषय समावेश गरिएको जनाउँदै रोजगारी सिर्जना गर्न तथा नयाँनयाँ प्रविधिमा सक्षम बनाउने प्रयास जारी रहेको बताउनुभयो ।
विश्वविद्यालयका डीन डा निरज केसीले स्नातक र स्नाताकोत्तर तहमा थप शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै सिभिल इञ्जिनियरिङतर्फ पनि नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यद्वय रत्न खत्री, सिके गुप्ताले नमूना विश्वविद्यालयका रूपमा स्थापित गर्न साझा प्रयास र समन्वय जरुरी रहेकामा जोड दिनुभयो ।
सूचनाप्रविधि, इञ्जिनियरिङ, कृषि, वन तथा पर्यटनलगायत व्यवहारिक शिक्षा सञ्चालन गर्दै आएको सो विश्वविद्यालय विसं २०७९ असार १८ गते नेपालगञ्जमा स्थापना भएको थियो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
