नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण
नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण
राजघानी खबर
प्रकाशित मिति: 01 Jul 2025
"0"
Comments
काठमाडौँ, १७ असारः तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उहाँले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताउनुभयो ।
स्वामी आनन्द अरुणले पर्यटनका लागि हाम्रो देश स्वर्ण भूमि हो भन्दै विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएका बताउनुभयो । उहाँले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकमलाई लोभ्याएको विचार व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले देशको पर्यटन प्रवद्र्धनमा रिसोर्ट सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताउनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
