भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु
भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु
राजघानी खबर
प्रकाशित मिति: 15 Jun 2025
"0"
Comments
मलेखु (धादिङ), १ असारः भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो ।
पहिलो चरणमा सिद्धलेक-७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ । सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताउनुभयो ।
पुस्तौँदेखि भूमि नभएर सुकुम्बासी भएकाले जग्गा पाउने प्रक्रियाका लागि यसअघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहीन तथा सुुकुम्बासीको तथ्याङ्क सङ्कलन गर्नुभएको थियो । उहाँले सात सय ७२ जना भूमिहीनको तथ्याङ्कसहित अव्यवस्थित बसोबासको विवरण तयार गर्नुभएकामा पन्त नेतृत्वको समितिले सोही आधारमा काम अघि बढाएको हो ।
यसअघि निस्सा प्राप्त गरेकाको जग्गा नाप्न सुरु भएको भन्दै धुनीबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामुखी गाउँपालिकामा प्रक्रियामा जानका लागि काम सुरु गरिएको आयोगका सदस्य रीता परियारले जानकारी दिनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
