तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई
तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई
राजघानी खबर
प्रकाशित मिति: 10 Jun 2025
"0"
Comments
त्रिवेणी (रुकुम), २७ जेठः तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ । मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो ।
बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र राजन दर्लामी मगर तथा हाम्रो सरोकारमा धनबहादुर भट्ट, विष्णु बस्नेत र मनोज घिमिरे सम्मिलित थिए । उपाधिसँगै बौदीकालीले रु ५ लाख ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए ।
यसैगरी उपविजेता नवलपुरको हाम्रो सरोकारले रु २ लाख ६१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । रुकुम पश्चिमको ‘टिम खनाल’ तेस्रो तथा सल्यानको वनगाड कुपिण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । दुवै टोलीले क्रमशः रु एक लाख ५१ हजार र रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरे । । प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।
महिलातर्फ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले उपाधि जितेको छ । फाइनल खेलमा रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । उसले योसँगै रु एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता जनज्योतिले रु ७५ हजार, तेस्रो भएको रुकुम भलिबल टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको रुकुम पूर्वको सीमा भलिबल क्लबले रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
