आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
राजघानी खबर
प्रकाशित मिति: 08 Jul 2025
"0"
Comments
तियानन्जिन (चीन), २४ असारः विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ आज यहाँ सम्पन्न भएको छ । तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाका २४ जना सरकारी कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
चीनको ‘कमर्श’ मन्त्रालयको सहयोगमा ‘तान्जियन टिइडिए इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि’को आयोजनामा तियानन्जिन सहरमा भएको सो ‘सेमिनार’मा अन्तरराष्ट्रिय व्यापार, स्वतन्त्र व्यापार सम्झौता, विश्व व्यापार सङ्गठनमा प्रवेशपछि चीनले हासिल गरेको आर्थिक समृद्धिलगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
सहभागीहरूलाई तियानन्जिन, बेइजिङ र सियान्जिन सहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीका बारेमा जानकारी गराइएको थियो ।
‘सेमिनार’ समापनका अवसरमा प्रमाणपत्र प्रदान गर्दै तियानन्जिन कमर्स कमिसनका निर्देशक लि लिपङले चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेषगरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
टेडाका महाप्रबन्धक सु योन्सेङले आर्थिक विकासका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
रासस फोटो पुस्तक हस्तान्तरण
सेमिनार समापनका अवसरमा तियानन्जिन कमर्स मिसनका निर्देशक ली लिपिङलाई राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य कृष्ण अधिकारीले समितिद्वारा प्रकाशित रासस फोटो किताब, २०२५ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा सञ्चालक सदस्य अधिकारीले नेपालको संस्कृति बुझ्न र नेपालले पूर्वाधार विकासमा गरेको पहल थाहा पाउन तस्बिर पुस्तक उपयोगी हुने बताउनुभयो ।
यसैगरी, निर्देशक लिपिङले नेपालको आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग भइरहेको उल्लेख गर्दै आगामी दिनमा यस किसिमको सहयोग वृद्धि हुने बताउनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
