कञ्चनपुरमा मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुरमा मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

"0" Comments

कञ्चनपुर, २२ असारः शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना किसानलाई अनुदान रकम उपलब्ध गराएको छ । उत्पादनमा आधारित कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा रकम उपलब्ध गराइएको हो ।

प्रतिकठ्ठा रु एक हजारका दरले किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढा ऐरले बताउनुभयो । कम्तीमा तीन कठ्ठा र बढीमा एक बिघा चार कठ्ठासम्म जग्गामा मुङखेती गर्ने किसानलाई बैंक खातामार्फत अनुदान रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

सामूहिक रूपमा खेती गर्ने तीन समूहलाई छ बिघा बढीमा अनुदान रकम दिइएको उहाँको भनाइ छ । “मुङखेतीको उत्पादनप्रति कठ्ठा एक क्विण्टल छ । यसका लागि रु नौ लाख बजेट सङ्घीय सरकारबाट विनियोजन भई आएकोमध्ये रु आठ लाख ७५ हजार किसानलाई अनुदानमा उपलब्ध गराएका छौँ”, शाखा प्रमुख ऐरले भन्नुभयो, “बाँकी रकम फिर्ता हुने भएको छ ।

मुङखेती छोटो समय (६०–७० दिन) मा उत्पादन दिनसक्ने बालीका रूपमा रहेको शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताउनुभयो । “यस बालीबाट कम लागतमा बढी फाइदा लिन सकिन्छ, यसले माटोको उर्वराशक्ति सुधार्ने र आगामी बालीको उत्पादन क्षमता बढाउने भएकाले किसानको आर्थिक र पर्यावरणीय दृष्टिकोणले यो खेती गर्नु उपयुक्त मानिन्छ ।” मुङखेतीले किसानलाई हरित मल, प्रोटिनयुक्त खाद्य र नगद आम्दानी प्रदान गर्ने उहाँको भनाइ छ ।

शाखाका अधिकृत जोशीका अनुसार मुङमा २५ प्रतिशत प्रोटिन, सजिलै पच्ने गुण र पोषणका अन्य तत्वहरू पाइन्छन् । यसबाट पापड, दालमोठ, तितौरा, स्प्राउट्स लगायत विभिन्न परिकार बनाउन सकिन्छ । हरियो मुङको प्रयोग तरकारी, अचार र सलादका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

मुङखेतीबाट माटोमा नाइट्रोजन थपिन्छ, जसले माटोको उर्वराशक्ति बढाउँदै रसायनिक मलको आवश्यकता घटाउँछ”, उहाँले भन्नुभयो, “यसले किसानलाई आयआर्जन बढाउने मात्र नभइ पोषण सुरक्षामा योगदान पु¥याउँछ, यी सबै कारणले मुङखेती शुक्लाफाँटा नगरपालिकाका लागि एक उत्कृष्ट र दिगो कृषि विकल्प बन्नसक्ने भएकाले अनुदानको कार्यक्रममा समेटेका छौँ ।

मुङखेतीका लागि माटोको पिएच मान (तटस्थता) ७६ दशमलव ९२ हुनुपर्ने जनाउँदै जोशीले यहाँको माटोमा उक्त तत्व रहेको बताउनुभयो । वर्षा र वसन्त ऋतु दुवैमा यसको खेती सम्भव रहेको कृषि प्राविधिकहरूको भनाइ छ । नगर क्षेत्रमा ९२ प्रतिशत किसानमा सिँचाइको पहुँच रहेकाले यसको खेती गर्न समस्या नरहेको कृषि विकास शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *