सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई
सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई
राजघानी खबर
प्रकाशित मिति: 03 Jul 2025
"0"
Comments
बैतडी, १९ असारः सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ । आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो । उपाधिसँगै डडेल्धुराले रु दुई लाख पुरस्कार तथा कञ्चनपुरले रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।
कैलालीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । उनानब्बे रनको विजयी लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरको पारी नौ विकेट गुमाउँदै ८३ रनमा समेटियो ।
डडेल्धुराका लागि हीरा साउदले २४ रनको अविजित पारी खेलिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । बलिङतर्फ कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । बलिङतर्फ मनिषा खत्री र हीरा साउदले २–२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १–१ विकेट लिइन् ।
विजेता तथा उपविजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्कालगायतले पुरस्कार वितरण गरे । प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १२ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका ८ जिल्ला सहभागी थिए ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा सुदूरपश्चिम मुख्यमन्त्री शाहको जोड
प्रकाशित मिति: 17 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
