एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ
एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ
राजघानी खबर
प्रकाशित मिति: 01 Jul 2025
"0"
Comments
मकवानपुर, १७ असारः कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषधसहित नौ जना पक्राउ
झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७१४ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगरलाई समेत पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब चार किलो ७०० ग्राम र पोलेन चार किलो ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
