हिमालका तस्बिर प्रदर्शनीबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
हिमालका तस्बिर प्रदर्शनीबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
राजघानी खबर
प्रकाशित मिति: 10 Jun 2025
"0"
Comments
काठमाडौँ, २७ जेठ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले पछिल्लो समय देशका प्राकृतिक र सांस्कृतिक सम्पदाका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय समाचार समिति (रासस)ले प्रचारात्मक काम गरिरहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले नेपालका राष्ट्रिय गौरवका रुपमा रहेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो,“पर्यटक भित्र्याउन आवश्यक प्रचारात्मक व्यवस्था गरिनुपर्छ, अहिले हामीले उनीहरुलाई जाहेजस्तो सेवा सधिवा उपलब्ध गर्न सकेका छैनौँ । पाहुँनालाई सेवा सुविधा राम्रो दिन सक्यौँ भने पर्यटककै देशको आर्थिक विकासमा टेवा पुग्न सक्छ ।”
देशको अर्थतन्त्रमा कसरी विकास हुन सक्छ भन्नेमा राजनीतिक दल र सरकारले गहन अध्ययन र मेहनत गर्न आवश्यक रहेको जनाउँदै सभापति थापाले भन्नुभयो “अरुसँग माग्ने ल्याउने र वितरण गर्ने प्रवित्तिले देशको विकास हुन सक्दैन । सबै चिज भएर पनि देशलाई राम्रोसँग विकास गरेको भए निकै समृद्ध भइसक्थ्यो ।”
त्यसअघि सभापति थापालाई प्रदर्शनीस्थलमा स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशका हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समेटिएका छन् ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
