‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अरिहार्य’
‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अरिहार्य’
राजघानी खबर
प्रकाशित मिति: 05 Jun 2025
"0"
Comments
काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले मानव समुदायको साझा चुनौतीका रुपमा देखापरेको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले नेपालको एक्लो प्रयासले जलवायु परिवर्तनका कारण प्रकृतिमा आएको बदलाव सामना गर्न नसकिने र त्यसका लागि विश्व समुदायको साथ, सहकार्य आवश्यक भएको बताउनुभयो ।
“यो हाम्रो मात्रै तागतले हुँदैन, विश्व समुदायको चिन्ताको कुरा हो । तर मैले पर्यटन मन्त्री र सांसद्को जिम्मेवारीमा रहँदा भन्दै आएको छु, जलवायु परिवर्तनले ल्याएको सङ्कटलाई पनि पर्यटनको ‘स्किम’ बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जलवायु परिवर्तनले विश्वमा पारिरहेको प्रभाव र त्यसबाट प्रत्यक्ष नेपालले भोगिरहेको चुनौतीबारे जानकारी दिन विगत र वर्तमानका तस्बीर प्रदर्शनीमा राख्न सुझाव दिनुभयो ।
नेता किरातीले भन्नुभयो, “संसारभर अहिले मान्छेले जलवायु परिवर्तन भयो त भनिरहेको अवस्था छ, तर त्यसको प्रत्यक्ष प्रभाव चाहीँ हिमालय क्षेत्रमा कसरी पर्दैछ, हिमालहरु कति वर्षमा काला पहाड भए, हिमताल कसरी फुट्दैछन्, यसका जोखिम के छन्, आउनुस् तपाईँहरु भन्ने होभने अध्ययनका निम्ति उनीहरु आउँछन् हाम्रा लागि त्यो पर्यटन हुन्छ ।” उहाँले प्रदर्शनीमा राखिएका तस्बिरहरु पर्यटनको ‘ब्राण्डिङ’ तथा सांस्कृतिक दस्तावेजका रुपमा रहेको बताउनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सांसद किरातीलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्व र तस्बीर प्रदर्शनीबारे जानकारी गराउनुभएको थियो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्वीर राखिएका छन् ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
