पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
राजघानी खबर
प्रकाशित मिति: 04 Jun 2025
"0"
Comments
किमाथाङ्का(सङ्खुवासभा), २१ जेठः सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी छन् ।
पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घर भई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समिक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
पौडी खेल्न क्रममा खोलामा डुबेर १३ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । चैनपुर–२ की दिक्षा राई गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते दिक्षाको
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटना स्थलतर्फ लागेको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
