सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
मस्को, २१ जेठ : रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा भएको रेल विस्फोटको पछाडि युक्रेन रहेको बताएको छ । शनिबार राति ब्रायान्स्क क्षेत्रमा भएको विस्फोटले सडक पुललाई भत्काउँदै रेलमा दुर्घटना गराएको थियो जसमा सात जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् ।
रुसको अनुसन्धान समितिले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ शासनको आदेशमा काम गर्ने आतङ्ककारीहरूले सयौं निर्दोष नागरिकलाई लक्षित गरेर योजनाबद्ध रूपमा आक्रमण गरेका हुन् ।”
मस्कोले यसअघि विस्फोटलाई ‘आतङ्कवादी हमला’ भने पनि सोझै युक्रेनमाथि आरोप लगाएको थिएन । घटनास्थलबाट विस्फोटक उपकरणका टुक्रा फेला परेको र प्रत्यक्षदर्शी तथा घाइतेहरूको बयान सङ्कलन गरिएको छ ।
त्यसैगरी, छिमेकी कुस्र्क क्षेत्रमा आइतबार बिहान अर्को रेल पुलमा पनि विस्फोट गराएर मालबाहक रेललाई पटरीबाट झारेको थियो, जसमा चालक घाइते भएका थिए । क्रेमलिनले घटनाबारे थप जानकारी दिन अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन् ।
रुसले सन् २०२२ मा युक्रेनमाथि सैन्य आक्रमण थालेपछि आफ्नो रेल नेटवर्कमा दर्जनौं तोडफोडका घटनाहरू भोग्दै आएको छ । युक्रेनले भने रूसले आफ्नो सैनिक र हतियारहरूलाई युद्धभूमि तर्फ पठाउन रेलमार्ग प्रयोग गरेको दावी गर्दै आएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु
