राजदूतद्वारा रासस फोटो प्रदर्शनी अवलोक
राजदूतद्वारा रासस फोटो प्रदर्शनी अवलोक
राजघानी खबर
प्रकाशित मिति: 03 Jun 2025
"0"
Comments
काठमाडौँ, २० जेठः नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले आज राष्ट्रिय समाचार समिति को केन्द्रीय कार्यालयको भ्रमण गरी राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । साथै, रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिनुभएको हो ।
राजदूत क्रिस्टेनलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरूको सङ्क्षिप्त रूपमा जानकारी गर्नुभएको थियो । उहाँले रासस मिडिया सङ्ग्रहालय र राससको समाचार सेवाबारे अवगत गराउनाका साथै राजदूत क्रिस्टेनलाई राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेल पनि सहभागी हुनुहुन्थ्यो ।
आफ्नो नेपालको पहिलो भ्रमणका क्रममा राससको फोटो प्रदर्शनीले नेपालको पर्वतीय पर्यटनको सम्बन्धमा राम्रो जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै राजदूत क्रिस्टेनले पर्वतीय पर्यटनको माध्यमबाट विश्वमा नेपालले आफ्नो अलग्गै पहिचान स्थापित गर्नसक्ने बताउनुभयो । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गर्दै आएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
