पाँचखालमा जेठभित्र छ हजार परिवारमा खानेपानी पुर्याइँदै
पाँचखालमा जेठभित्र छ हजार परिवारमा खानेपानी पुर्याइँदै
राजघानी खबर
प्रकाशित मिति: 02 Jun 2025
"0"
Comments
काभ्रेपलाञ्चोक, १९ जेठः पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही जेठ मसान्तभित्र पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ ।
निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ । गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनःनिर्माण गरिएपछि हाल पाँचखाल–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याई परीक्षण भइरहेको हो ।
“कूल ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ओभरहेड ट्याङ्कीमासमेत पानी जम्मा गरी हाल बस्तीबस्तीमा परीक्षण भइरहेको छ, यही मसान्तभित्र सबैको घरघरघमा खानेपानी नियमित गराउनेछौँ”, उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले भन्नुभयो ।
लामिछानेका अनुसार ८४ लिटरप्रति सेकेण्डको दर भए पनि यतिखेर परीक्षणकालमा हाल ४२ लिटरप्रति सेकेण्डका दरले पानी ल्याइएको छ । उपभोक्ताका घरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी ल्याइने लामिछानेले बताउनुभयो । उपभोक्ता समितिले गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाईदिएको हो । बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुवान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो । ४८ स्थानमा वितरण पाईप तथा केही संरचनामा रु एक करोड ७० लाख क्षति पुगेको थियो ।
खानेपानी आयोजना २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो । आयोजनाले गत चैतको अन्त्यसम्ममा घरघरमा पानी पु¥याउने गरी तीव्र गतिमा काम गरेपनि बाढीपहिरोले आयोजनाको समयसीमा केही धकेलेको जनाइएको छ । करिब दुई सय घरमा धारा जडान बाँकी रहेकाले धमाधम उक्त कार्य भइरहेको लामिछानेले बताउनुभयो ।
दातृ निकायले गत डिसेम्बर ३१ मा समयावधि सकिएपनि विपद्का कारण छ महिना समय थपेको थियो । आयोजनाको कार्य अन्तिम चरणमा प्रति घण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको छ । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको आयोजनाले जनाएको छ ।
यस्तै आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छ वटा इनार, चार÷चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेशर ट्याङ्की तथा १५ वटा पाले घर निर्माण सम्पन्न भएको छ ।
पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ ।
कूल छ हजार ३७ धारामध्ये हालसम्म धारा जडान अन्तिम चरणमा पुगेको छ । उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ ।
सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते २०७९ साल माघमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पु¥याएका कारण पटक–पटक समय थप्दा आयोजना लम्बिएको जनाइएको छ ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिप्mिटङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । रु एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको हो ।
आयोजनाका लागि सम्झौता अनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् । यस्तै आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाटसमेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
