विपक्षी दलका विरोधका कारण मधेस प्रदेशसभा बैठक अवरुद्ध

विपक्षी दलका विरोधका कारण मधेस प्रदेशसभा बैठक अवरुद्ध

"0" Comments

जनकपुरधाम, २५ असारः मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्ति लगायतले तीन दिनदेखि बैठकमा विरोध जनाइरहेका छन् । भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताउनुभयो । बजेटमा व्याप्त असन्तुष्टीका कारण विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *