रातो च्याउको परीक्षण उत्पादन
रातो च्याउको परीक्षण उत्पादन
राजघानी खबर
प्रकाशित मिति: 02 Jul 2025
"0"
Comments
चितवन, १८ असार : व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन सुरु गरेको छ । पहिलो पटक फार्मले यो च्याउ उत्पादन सुरु गरेको हो ।
बीउ राखेको ६० दिनदेखि उत्पादन दिन सक्ने यो च्याउ फार्मको च्याउ खेती प्रविधि प्रदर्शनी कार्यक्रम अन्तर्गत उत्पादन गर्न सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी जीवन सापकोटाले उत्पादन लिन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फार्मले अहिले ६ सयवटा पोकामा यो च्याउको परिक्षण उत्पादन गरेको छ । काठमाडौंबाट ल्याइएको बीउलाई काठको धुलो, चोक्कर, चुन र जिप्सनको मिश्रणगरी बनाईएको पोकामा राखेर यसको परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “अहिले हामीले दोस्रो चरणको उत्पादन लिई सकेका छौ । अब तेस्रो चरणको उत्पादन लिन तयारी भएको छ ।”
अहिले नेपाको काठमाडौंमा केही ठाउँमा यो च्याउ उत्पादन हुने गरेको छ । यस च्याउलाई तापक्रम र आद्रता मिलाएर सुकाएर धुलो वनाएर प्रयोग गर्ने गरिएको फार्मकी प्रमुख सुरुचि त्रिपाठीले जानकारी दिनुभयो । नसर्ने रोगका बिरामीहरुले यो च्याउ नियमित प्रयोग गर्ने गरेको पाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो च्याउमा औषधि जन्य गुणहरु हुने गर्दछ ।”
यस च्याउको प्रयोगले उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेह नियन्त्रणमा सहयोग पु¥याउने, क्यान्सर प्रतिरोधी गुण भएको, शरिरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, डिप्रेसन एबं अनिदोपना हटाउन सहयोग गर्ने गुण भएको त्रिपाठीले बताउनुभयो । यसकाकारण यसलाई नसर्ने रोग लागेकाहरु बिहान दिउँसो चिया कफीमा प्रयोग गरेर खाने गरेको उहाँले जानकारी दिनुभयो । यसलाई दुध खुवाउदै गरेको आमा, ५ वर्ष मुनिका बच्चा र शल्यक्रिया गरेर बसेका बिरामीहरुलाई प्रयोग गर्न दिन नहुने भएकाले यसको महत्व र उपयोगिता अध्ययनका लागि पहिलो पटक परीक्षण गरिएको हो । यो च्याउ अहिले नेपालमा बिदेशबाट आउने गरेको उहाँले बताउनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
