एक करोड बढीका अवैध सामान बरामद
एक करोड बढीका अवैध सामान बरामद
राजघानी खबर
प्रकाशित मिति: 15 Jun 2025
"0"
Comments
रौतहट, १ असारः सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।
नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।”
सोही अवधिमा रु ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ ।
पछिल्लो चार महिनामा स्रोत नखुलेको रु १० लाख ६१ हजार नेपाली रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैगरी स्रोत नखुलेको छ लाख चार हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ ।
मानवबेचबिखनमा पर्न सक्ने आशङ्कामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताउनुभयो । हेडक्वाटर मातहतमा रहेका पाँच वटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
