‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’
‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’
राजघानी खबर
प्रकाशित मिति: 11 Jun 2025
"0"
Comments
मोरङ, २८ जेठः खानेपानीमन्त्री प्रदीप यादवले स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी जनताका घरघरमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
नेपाल खानेपानी संस्थान विराटनगर शाखाद्वारा आज विराटनगर-१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व खानेपानी संस्थान विराटनगरलाई हस्तान्तरण कार्यक्रममा उहाँले सरकारले नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने यस कार्यलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । स्वच्छ खानेपानी जनतालाई उपलब्ध गराउन ‘एक घर, एक धारा’ योजना प्रभावकारी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
मन्त्री यादवले सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कोशी प्रदेशमा पर्ने तराईका जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालनमा नरहेका ४० वटा ‘ओभरहेड ट्याङ्की’ सञ्चालनमा ल्याउन आगामी असार १६ गते ठेक्काका लागि विज्ञापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी पुस मसान्तसम्म ३७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी पुर्याउने र सतप्रतिशत आधारभूत पानी पुर्याउने लक्ष्यका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सङ्घीय सरकारले तराई क्षेत्रमा रहेका अधुरा आयोजना सञ्चालनमा ल्याउन सहयोगको आग्रह गर्नुभयो । खानेपानीको अभावमा पहाडका जनताले बसाइँसराइ गर्ने गरेका भन्दै सोको अन्त्यका लागि सरकारको विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशसभाका सांसदद्वय अमृत अर्याल, गीता रानी महतो, प्रदेशका पूर्वमन्त्री जयराम यादव, जतुवा खानेपानीका उपभोक्ता समितिका पूर्वअध्यक्ष वीरेन्द्र यादव, लक्ष्मीनारायण मन्दिरका हरिप्रसाद यादव र वडा नं १४ का वडाध्यक्ष सूर्यनारायण महतोले समावेशी रूपमा हिमाल, तराई पहाडमा विकास हुनु जरुरी रहेको धारणा राख्नुभयो ।
नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा ढुण्डिराज भट्टराई, महाप्रबन्धक इञ्जिनियर अर्जुनबाबु ढकालले नागरिकलाई न्यून शुल्कमा स्वच्छ खानेपानी उपलब्ध गराउन संस्थान प्रतिबद्धता रहेको बताउनुभयो ।
विराटनगर-१४ स्थित उक्त खानेपानीले दैनिक १७ लाख लिटर पानी छ हजार नागरिकलाई उपलब्ध गराउने छ । विसं २०६५ मा साढे आठ कट्ठा जग्गामा निर्माण गरिएको ओभरहेड ट्याङ्की सम्पन्न भएर सञ्चालनमा आउन सकेको थिएन ।
उक्त ट्याङ्कीबाट विराटनगरका वडा नं ८, १४, १०, १३ का बासिन्दालाई प्रतिव्यक्ति दैनिक एक सय २५ लिटरका दरले स्वच्छ खानेपानी उपलब्ध गराउन सकिने संस्थानका विराटनगर कार्यालयमा प्रमुख सन्तोष रौनियारले जानकारी दिनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
