सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

"0" Comments

काठमाडौँ, २८ जेठः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।  मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो भने आज (बुधबार )छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

यस्तैगरि आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन (मंगलबार) तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज (बुधबार) पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *