दक्ष जनशक्ति उत्पादनमा जोड
दक्ष जनशक्ति उत्पादनमा जोड
राजघानी खबर
प्रकाशित मिति: 10 Jun 2025
"0"
Comments
काठमाडौँ, २७ जेठः खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्व र माग अधिक रहेकाले दक्ष जनशक्ति उत्पादन अपरिहार्य भएको बताउनुभएको छ ।
आज पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलले कलेजका प्रमुख संस्थापक तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकको माग अत्यन्तै उच्च छ, सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।”
दिवङ्गत बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्री यादवले स्व बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गर्नुभएको र उहाँको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठूलो छ, उहाँको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पताल र यहाँका विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहन्छ ।”
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा एमबिबिएसको पढाइ सञ्चालन गर्नका लागि भौतिकलगायत अन्य प्रक्रिया अघि सारिए पनि अहिलेसम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनागर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष विद्याभूषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रबन्ध निर्देशक रोशन लुइँटेल, प्राचार्य प्रा डा सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
