एनपिएललाई प्राथमिकताका साथ निरन्तरता दिन कांग्रेसको माग

एनपिएललाई प्राथमिकताका साथ निरन्तरता दिन कांग्रेसको माग

"0" Comments

काठमाडौँ, ३० असारः सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपिएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ ।

कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आज प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपिएल प्रतियोगिता महत्वपूर्ण कोशेढुङ्गा भएकाले यसलाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताउनुभयो । कांग्रेसले एनपिएलको दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली खेलाडीहरुको प्रभावकारी भूमिका सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनपिएलभित्र देखिएको विकृति, विसङ्गती र अनियमिततालाई हटाइ स्वच्छ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्न कांग्रेसले माग गरेको छ ।