गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा
गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा
राजघानी खबर
प्रकाशित मिति: 13 Jul 2025
"0"
Comments
गोरखा, २९ असारः विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो ।
ग्रामीण क्षेत्रको विशेषतः गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरी उक्त सेवा सुरु गरिएको गोरेटो गारेखाको कार्यकारी निर्देशक पवनरवण खनालले बताउनुभयो । उहाँका अनुसार संस्थाले हाल धार्चे गाउँपालिकाअन्तर्गतका सात वडामा रहेका सात स्वास्थ्यचौकीमा ‘टेलिमेडिसिन सेट’ स्थापना गरेर सेवा सञ्चालन गरेको छ ।
“टेलिमेडिसिनको सेटमा एउटा क्यामेरा, टेलिभिजन, टेलिफोन र स्पिकर हुन्छ । धार्चेको सात वटा स्वास्थ्य चौकी र प्रदेश अस्पताल गोरखामा उक्त सेट स्थापना गरेर सेवा सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “ग्रामीणका बिरामीको स्वास्थ्यमा जटिलता आएमा वा स्वास्थ्य चौकीबाट सेवा सम्भव नभएमा टेलिमेडिसिनका माध्यमबाट सेवा लिन सकिन्छ ।” धार्चेको स्वास्थ्यचौकीमा बिरामी उपचारका क्रममा केही समस्याहरु देखिएमा टेलिमेडिसिनका माध्यमबाट प्रदेश अस्पतालका विशेषज्ञसँग सिधै परामर्श लिन सकिने खनालले जानकारी दिनुभयो ।
“धार्चेका जुनसुकै स्वास्थ्यचौकीमा उपचारका क्रममा केही समस्या देखिए सिधै प्रदेश अस्पतालमा सम्पर्क गर्न मिल्ने ‘सिस्टम’ छ । उताबाट आएको फोन अस्पतालको नर्सिङ स्टेशनले उठाउँछ समस्याअनुसार विषयगत डाक्टरसँग सम्पर्क गराइदिन्छ”, खनालले भन्नुभयो । टेलिमेडिसिन सेवाअन्तर्गत हाल स्वास्थ्यकर्मीको अभिमुखीकरण र केही सेटअपको काम भइरहेको उहाँले बताउनुभएको छ । आगामी साउन १ गतेदेखि प्रभावकारी रुपमा सेवा सञ्चालन हुने उहाँको भनाइ छ ।
टेलिमेडिसिन सेवाले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच कायम गरेको प्रदेश अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पहिलो पटक धार्चे गाउँपालिकामा टेलिमेडिसिनको व्यवस्थित प्रयोग सुरु गरिएको हो । यसका माध्यमबाट दुर्गम क्षेत्रका नागरिकले गाउँमा विशेषज्ञ डाक्टरको परामर्शसहित उपचार पाउने उहाँले जानकारी दिनुभयो ।
“यसले डाक्टरलाई देखाउनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्छ । भिडियो परामर्शका क्रममा विशेषज्ञ डाक्टरले आवश्यक भएमात्र बिरामीलाई बोलाउनुहुन्छ । नत्र गाउँमै उपचार हुन्छ, विशेषज्ञ डाक्टरले स्वास्थ्यचौकीका चिकित्सकलाई सहयोग गर्नुहु
न्छ”, उहाँले भन्नुभयो ।
धार्चे गाउँपालिकामा सुरु भएको टेलिमेडिसिन सेवाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई जोड दिएको सुपरिटेन्डेट खनालले बताउनुभयो । भविष्यमा सेवा विस्तार योजना उहाँले सुनाउनुभयो ।
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
