टेक्सास आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या एक सय नाघे

टेक्सास आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या एक सय नाघे

"0" Comments

२४ असार, टेक्सास : अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या एक सय नाघेको छ । बाढीका कारण सबैभन्दा धेरै क्षति केर काउन्टीमा पुगेको छ ।

एबीसी न्युजका अनुसार केरमा मात्रै बाढीबाट ८४ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केरमा विपद्को स्थिति निम्तिएको भन्दै आपतकालीन व्यवस्थापनमा काम गर्ने संघीय एजेन्सीलाई परिचालित गरेका छन् ।

भीषण वर्षा र लगत्तै आएको बाढीका कारण नदीको तटिय क्षेत्रमा क्याम्पिङ गरिरहेका र रमाइरहेकाहरुलाई बगाएको थियो । बाढीकै कारण माइस्टिक समर क्याम्पबाट ७ सय ५० मध्ये २७ जना किशोरी बेपत्ता भएका छन् ।

हाल बाढीबाट प्रभावित क्षेत्रमा करिब ५ सय सुरक्षाकर्मी र १४ वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *