अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह
अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह
राजघानी खबर
प्रकाशित मिति: 04 Jul 2025
"0"
Comments
अत्तरिया(कैलाली), २० असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमा अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन नहुने बताउनुभएको छ ।
आज धनगढीमा आयोजित नेपाल वन प्राविधिक सङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री शाहले भन्नुभयो,“बजेटभित्र समेटिएका कुनै पनि कार्यक्रम, योजनामा निहीत स्वार्थका आधारमा बजेट विनियोजन भएको छ भने ती कुनै योजना कार्यान्वयन हुँदैनन् । बजेट निर्माणका समयमा विभिन्न टीका टिप्पणी आएका छन् । सही र गलत के हो भनेर विश्लेषण गर्नुपर्ने र त्यसलाई मैले पनि आफूले गम्भीरतापूर्वक लिएको छु ।”
उहाँले सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै इमान्दारिताका साथ काम गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले एउटा नेतृत्व र सरकारका हिसाबले आफू सधैँ जनताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा सुदूरपश्चिम मुख्यमन्त्री शाहको जोड
प्रकाशित मिति: 17 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
