एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा
एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा
राजघानी खबर
प्रकाशित मिति: 03 Jul 2025
"0"
Comments
काठमाडौं, १९ असारः मलेसियालाई हराउँदै नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मलेसियाको सिलेगंर ट्रफ क्लबमा आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा परिमार्जन यादवले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक रन बनाएको हो । यसैगरी शिवान्श बजगाईं २२ बलमा पाँच चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । मलेसियाका लागि नागिनिश्वरमले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । त्यस्तै कप्तान डिज पार्तो ३२ बलमा १० रन बनाएर आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन ।
नेपालका अभय यादवले चार विकेट लिए भने शुभम खनालले तीन विकेट लिए । त्यस्तै कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान एक–एक विकेट लिए । अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिङ्गापुरबीच हुँदैछ ।
नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । त्यसअघि समूह चरणमा नेपालले खेलेका सबै चार खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो । त्यस्तै मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । माल्दिभ्स, थाइल्यान्ड र म्यानमारलाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
चेल्सी बन्यो फिफा क्लब वोर्ल्डकप २०२५ को च्याम्पीयन, पियसजी ३-० ले पराजित
प्रकाशित मिति: 14 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
