हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

"0" Comments

काठमाडौँ, ३० जेठः राष्ट्रियसभाका सांसदहरुले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको वैठकमा सांसदहरुले नेपाल हवाई दुर्घटनामा उच्च जोखिमा रहेको उल्लेख गर्दै दुर्घटना भइसकेपछि पछुताउनुभन्दा पहिले नै सरकार सचेत हुनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद कृष्णबहादुर रोकायाले हवाई क्षेत्रको प्राविधिक तथा नीतिगत सुधारका निम्ति सरकार गम्भीर हुुनुपर्नेमा जोड दिनुभयो । छिमेकी देश भारतमा बिहीबार भएको हवाई दुर्घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै उहाँले नेपालमा हवाई दुर्घटना कम गर्न योजना बजाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा अहिलेसम्म १०८ वटा विमान दुर्घटना भएका रहेछन्, जसमा ९५९ जनाले ज्यान गुमाएका छन्, हाम्रो प्राविधिक, नीतिगत तथा भू–राजनीतिक कमीकमजोरीकै कारण युरोपेली युनियनले सन् २०१३ देखि नेपाल एयरलाइन्सलाई युरोप गन्तव्यमा प्रतिबन्ध लगाएको छ, हवाई क्षेत्रमा देखिएका सबै समस्या सुधार गर्न सरकारसँग आग्रह गर्छु ।”

सांसद घनश्याम रिजालले समाचार लेखेकै भरमा पत्रकार दीलभूषण पाठकलाई साइबर कानुन लगाउनु संविधानविपरीत भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “यही जेठ २८ गते बुधबार अदालतले नै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छ, तर प्रेस स्वतन्त्रताविपरीत छ, संविधानविपरीत छ ।”
यही जेठ २७ गते मङ्गलबार काठमाडौँ जिल्ला अदालतले नेपाल खबर डटकम र बिजमाण्डु डटकमलाई समाचार हटाउन र त्यस्ता समाचार नलेख्न अल्पकालीन आदेश दिएकोप्रति पनि आपत्ति जनाउनुभयो ।

सांसद बलदेव बोहराले प्रतिनिधिसभालाई मर्यादित बनाउँदै दैनिक कार्यसूचीमा फर्कनका लागि सहयोग गर्न प्रतिपक्ष दलसँग आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *