हायस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु
हायस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु
राजघानी खबर
प्रकाशित मिति: 04 Jun 2025
"0"
Comments
चन्द्रपुर (रौतहट), २१ जेठः पूर्व-पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
आज बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बाप्र ०३– ००१ ज ०४५२ नम्बरको हाइस र विपरित दिशातर्फ जाँदै गरेको मप्र ०३–००१ ख ८६०० नम्बरको ट्रक ठोकिँदा रामनगर गाउँपालिका–१ खैरवा बस्ने ३६ वर्षीया भगियादेवी र सोही गाउँका ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते हुनेमा सर्लाहीको रामनगर–१ खैरवाका मृतक भगियादेवीकी १८ वर्षीया छोरी रिनाकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर रहेका प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
