‘हिमशृङ्खलाको संक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’
‘हिमशृङ्खलाको संक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’
राजघानी खबर
प्रकाशित मिति: 04 Jun 2025
"0"
Comments
काठमाडौँ, २१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका तामाङले नेपालका हिमालको महत्त्व, जलवायु परिवर्तनको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिका बारेमा सरकार र सरोकार भएका निकायले विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनका कारण हामीले क्षति बेहोर्नु परिरहेको छ, जलवायु परिवर्तनमा नेपालको नकारात्मक भूमिका छैन, विकसित मुलुकले बढीभन्दा बढी कार्बन उत्सर्जन गरिहेका छन्, त्यसको मार हामीले खेप्नुपरेको छ”, पूर्वपर्यटनमन्त्री तामाङले भन्नुभयो, “हिमशृङ्खला पग्लने, हिमताल फुट्ने र त्यसबाट मानव जीवन प्रभावित हुने अवस्था देखिएको छ । हिमालको संरक्षण गर्न सिङ्गो विश्व एकताबद्ध हुनुपर्छ ।”
सांस्कृतिक तथा प्राकृतिक सम्पदाको दृष्टिकोणबाट नेपाल सम्पन्न मुलुक भए पनि यी सम्पादको सदुपयोगमा कमजोरी भइरहेको नेता तामाङले धारणा व्यक्त गर्नुभयो । “पर्यटन नेपालको समृद्धिका लागि महत्त्वपूर्ण आधार हो, यी सम्पादामार्फत नेपाललाई विश्वमञ्चमा चिनाउन, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
राससले आयोजना गरेको उक्त प्रदर्शनीले गणतन्त्रको महिमा र महत्त्व झल्काउने काम गरेको पूर्वपर्यटनमन्त्री तामाङले उल्लेख गर्नुभयो । प्राकृतिक सम्पदाको उचित प्रचारप्रसार गर्न नसक्दा यसबाट पर्याप्त लाभ लिन नसकिरहेको जनाउँदै उहाँले तस्बिर प्रदर्शनीले सम्भावनाको पुनःअध्ययन, यसको महत्त्व बुझ्न र भविष्यको योजना निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता तामाङलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनीमा राखिएका तस्बिरले सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
