‘फरक क्षमता भएका व्यक्तिका लागि प्रशिक्षण केन्द्र तथा नमूना विद्यालय आवश्यक छ’

‘फरक क्षमता भएका व्यक्तिका लागि प्रशिक्षण केन्द्र तथा नमूना विद्यालय आवश्यक छ’

"0" Comments

जनकपुर, २६ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको शिक्षा तथा रोजगारीका लागि सीपमूलक प्रशिक्षण केन्द्र र सुविधासम्पन्न नमूना विद्यालय आवश्यक रहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित ‘अपाङ्गता, जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन २०८२’ मा उहाँले स्थानीय र प्रदेश सरकार मिलेर यस्ता संस्थामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिंहले पछिल्लो समयमा जलवायु परिवर्तका कारण फरक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरण र अनुकूलन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले फरक क्षमता भएका व्यक्तिको वर्गीकरण गरी उपमहानगरपालिकाबाट काम भइरहेको र यस क्षेत्रमा अन्य संस्थाले गरेका काम पनि सराहनीय रहेका बताउनुभयो ।

लाइफ नेपालको योजना तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग एवं सिविएम ग्लोबल संस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *