३९ जना राष्ट्रपति देखेको एउटा दुई सय वर्ष पूरानो रुख यसकारण मासिँदैछ

अमेरिकाको व्हाइट हाउसमा करिब २ सय वर्षदेखि उभिएको ऐतिहासिक रुख अब केही दिनमै काटिने भएको छ। ज्याक्सन मेग्नोलियाको रुखलाई १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति रहेका एन्ड्यु ज्याक्सनले आफ्नी श्रीमतीको स्मृतिमा रोपेका थिए ।

यो रुख कयौ अर्थमा निकै विशेष रहेको छ । यो रुख नजिकै कयौ ऐतिहासिक कार्यक्रमहरु भए । र, १९२८ देखि १९८८ सम्म अमेरिकी २० डलरको नोटमा यो रुखको तस्वीर छापियो। तर, जानकारहरुका अनुसार यो रुख अब खराब अवस्थामा छ र यही कारणबाट सुरक्षा जोखिम छ ।

अमेरिकाकी प्रथम महिला मलेनिया ट्रम्पले यो रुखको ठुलो हिस्सालाई हटाउने आदेश दिएकी छन् । व्हाइट हाउसका प्रवक्ता स्टीफन ग्रीशमले भने–श्रीमती ट्रम्पले यो रुखको विरुवा बचाइ राख्नका लागि भनेकी छन् ताकि यही स्थानमा एउटा नयाँ विरुवा पुनः लगाउन सकियोस् । स्टीफनका अनुसार मिलेनियाले यो निर्णय सुरक्षालाई ध्यानमा राखेर लिएकी हुन् । किनभने यो रुखका कारण व्हाइट हाउसमा आउने भिजिटर्स र प्रेस सदस्यमाथि सुरक्षा खतरा बढेको छ। यो रुख ठिक त्यही स्थानमा छ, जहाँबाट अक्सर अमेरिकी राष्ट्रपतिको हेलिकोप्टरले उडान भर्ने गर्दछ ।

एन्ड्यु ज्याक्सनले यो रुखको विरुवाको कलमलाई आफ्नी श्रीमतीको मनपर्ने मेग्नोलियाबाट काटेका थिए । यो रुख यो दम्पत्तिको फर्म हाउसमा लगाइएको थियो । यो रुख पहिलोपटक त्यतिबेला चर्चामा आयो, जब १९७० मा यो रुखको वरपरको जमिनलाई सिमेन्टले पक्की बनाइएको थियो । केहीको भनाइमा यसबाट रुखलाई निकै हानी पुगेको थियो ।

१९८० मा यहाँबाट सिमेन्ट हटाएर एउटा ठुलो खम्बा र तारलाई यसको सपोर्टमा लगाइयो । पहिलो नजरमा यो रुख विल्कुल ठिक देखिन्छ । एनएनका अनुसार युनाइटेड स्टेट नेशनल आर्बोरेटमको रिपोर्ट यो भन्छ कि रुख पूर्णरुपमा खराब भएको थियो । यसलाई सहारा दिएर राखिएको थियो । मेग्नोलियाको रुख व्हाइट हाउसमा बस्ने क्रममा अमेरिकाको ३९ राष्ट्रपतिको शासनकाल देख्यो । यसबीच अमेरिकी गृहयुद्ध र दुई विश्वयुद्ध पनि देख्यो।

पूर्व अमेरिकी राष्ट्रपतिकी छोरी चेल्सी क्लिन्टनले ट्वीट गर्दै उनीहरुलाई धन्यवाद दिएकी छन् जसले यति धेरै वर्षसम्म यो रुखको हेरचाह गरे । एजेन्सी

You May Also Like