१ सय बढी विवाहित पुरुषसँग सम्बन्ध राखेको महिलाको दावी

बेलायतकी एक जना पूर्व मोडल तथा विधवा महिलाले आफूले १ सय जना विवाहित पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको दावी गरेकी छन् ।

पेसाले फाइनान्सियल कन्सल्टेन्ट ग्वेनेथ लीले आफूले कयौ श्रीमानलाई खुसी बनाएर उनीहरुको वैवाहिक जीवन बचाएको दावी गरेकी हुन् । उनले यति धेरै विवाहित पुरुषसँग सम्बन्ध राखेकोमा कुनै पश्चाताप नरहेको बताएकी छन ।

धनवान महिलाले भनिन् कि जुन पुरुषसँग उनले सम्बन्ध कायम गरिन् उनीहरुमध्ये करिब आधा पुरुषका श्रीमतीलाई समेत थाहा थियो कि श्रीमानले चिट गरिरहेका छन् । तर, उनीहरुको यौन जीवन राम्रो थिएन र यही कारणबाट श्रीमतिहरुले श्रीमानको अफेयरलाई नजरअन्दाज गरे । महिला लण्डनको एउटा पाँश कोलनी चेलसियामा बस्छिन् । उनले भनिन्–म इमान्दारिताका साथ स्वीकार गर्दछु कि मैले कयौ जोडीको सम्बन्ध टुट्नबाट बचाएकी छु ।

ग्वेनेथले भनिन–कयौ महिलाका लागि सेक्स दैनिक रुटिनका रुपमा अन्त्य हुने गर्दछ । ती महिलाहरु साथी र सन्तानका साथ खुसी रहन्छन् । तर, यसबाट पुरुष सेक्सका लागि बेचैन रहन्छन् । उनीहरु आफ्नी श्रीमतीलाई छोडन चाहँदैनन् तर फ्रस्टेशन पनि अन्त्य गर्न चाहन्छन् । उनका अनुसार उनी मात्र पुरुषका साथ रमाइलो चाहन्छिन् । उनका अनुसार कतिपय अवस्थामा पुरुषहरु सेक्स चाहँदैनन्, यस्तोमा धेरै महिलाहरु नयाँ अफेयरबाट स्वयमलाई खुसी राख्छन् र उनीहरुका श्रीमान इमान्दार बनिरहन्छन् । यो पनि ठिकै हो ।

लीका अनुसार उनले अधिकांश विवाहित पुरुषलाई IllicitEncounters.com को माध्यमबाट भेटेकी हुन् । यो बेलायतको प्रमुख डेटिङ वेभसाइट हो, जसले विवाहित महिला पुरुषलाई भेट गराइदिने गर्दछ । करिब १० वर्ष पहिला उनको श्रीमान रोबर्टको निधन भएको थियो। त्यतिबेलाबाटै उनले यो वेभसाइटमा एकाउन्ट खोलेकी थिइन् । उनका लभर्समा कयौ फाइनान्सर, विजनेश टाइकुन र ठुला चिकित्सक संलग्न छन्। एजेन्सी

You May Also Like