सोममायाले पाइन नयाँ जीवन

महिला अधिकारको कुराले देश नै गुञ्जयमान भैरहदा, विकासे एजेन्डाहरु चुनाव जितेर शक्ति र सत्तासम्म पुग्ने माध्यम बनाएर टोल टोलमा गञ्जीरहदा एकजना महिला यस किसिमको पिडा र सकसलाई लिएर बाँच्न विवश थिइन् ।
मान्छे नै मान्छेको शहरमा मानवीएता नै हराएपछि यसो हुनु स्वभावीक नै हुन्छ सायद, धरैको आँखा नपरेको मानिसहरुको वीचमा कसैले वास्ता नगरेकी यी महिलालाई मानसेवा आश्रमका सहयोगी एवं मानवअधिकारकर्मी दुर्गानाथ दहालल आश्रमलाई खवर गरे । आश्रमले तुरुन्त घटनास्थलमा पुगी नेपाल प्रहरीको सहयोगमा उद्दार ग-यो । आश्रमको टोली त्यहाँ पुग्दा उनी न्यूप्लाजा अगाडी ए टी कम्प्लेक्सको पेटीमा सुतिरहेकी थिईन् । बोल्न सक्ने ताकत तिनमा थिईएन, विग्रएको घाउले कुहीएर एकपट्टीको कान झरीसकेको मात्र थिएन, कानभित्र फोहोर हिलोमा खेती गरेर पालेको गड्यौलोझै किराहरु स्याउ स्याउ हिडीरहेका थिए । नेपाल प्रहरीको सहयोगमा उनलाई आश्रमले वीर अस्पताल काठमाडौं लग्ग्यो र पुरै एकदिन वीर अस्पतालको आकस्मिक कक्षमा नै राखियो । खास्सै वीरामीको स्वास्थ्यमा सुधार देखिएन हाम्रो निजी महशुस हुन सक्ला या तितो यथार्थ महिला भन्दापनि बढी विरामी त स्वयम अस्पताल नै थियो । वीर अस्पतालमा भनेजस्तो उपचार हुन नसकेपश्चात् आश्रमले उनलाई ग्रीन सिटी अस्पताल धापासी लेराई उपचार गरायो । दिदिको उपचार भईरहेको छ, सुरुवातमा देखिएजस्तो दर्दनाक अवस्था भने अव छैन तर पुरै ठिक हुन घाउले समय त लिने नै छ । उनी विस्तार हिड्डुल गर्न थालेकी छिन्, कनिकुस्ती सम्झेर आफ्नो नाम सोममाया बताउने उनको पुरा परिचए पाउन सायद हामीले अझै केहि दिनको प्रतिक्षा गर्नुपर्ला ।
हस्पीटलबाट डिस्चार्ज चएपछि उनलाई मानवसेवा आश्रम काठमाडौं लेराइएको छ । यी दिदीमात्र होईन आजपनि नेपालको सडकपेटी र सार्वजनिक स्थलहरुमा कयौंको सङख्यामा कष्टपुर्ण जीवन विताउने सहयोगापेक्षी व्यक्तिहरुको छैन । र विडम्बनाको कुरा के यो भने कुनैपनि सरोकारवाला निकायहरुसँग यस किसिमको मानिसहरु कति छन् भन्ने कुराको समेत तथ्याङ्क छैन । काठमाडौं महानगरपालिकाको केहि दिन अघि आश्रमसँग सहकार्यको लागि बढाएको हातलाई खुलेरे स्वागत गछौं, आशा छ भौतिक विकास सँगै मानवता प्रवद्धनको कार्यमा पनि स्थानिय सरकार सदैव साथमा रहोस् ।

You May Also Like