साथीले बोकेको भरुवा बन्दुक पड्कदा मृत्यु

सिन्धुपाल्चोक । साथीले बोकेको भरुवा बन्दुक पड्कदा हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङको मृत्यु भएको छ ।

बिहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न जाने क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेशको पेटमा लागेको थियो ।

घाइते दिनेशको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका हो । प्रहरीले सुनिललाई पक्राउ गरेको छ भने फरार रहेका पासाङको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

You May Also Like