श्याव्रु नृत्यसँगै साइप्रसमा लोसार सााकृतिक कार्यक्रम सम्पन्न


शेर्पा किदुग साईप्रसले स फो खि लो २१४५औ ग्याल्पो ल्होसारको अवसरमा आयोजना गरेको लासार साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । साईप्रसको लिमासोल हाई व्ये रोडमा आइतबार आयोजना भएको कार्यक्रममा शेर्पा मात्र नभइ सम्पर्ण नेपालीहरुको उपस्थिति रहेको थियो । किदुग साईप्रसका अध्यक्ष श्रीमति नुमु शेर्पाको सभाध्यक्षतामा आयोजना भएको सास्कृतिक कार्यक्रममा नेपाल कन्सुलरका डाक्टर राम जीवन परियार प्रमुख अथिति,अन आर अनका अध्यक्ष सुबास मल्ला ज्यु विशिष्ट अथिती र विभिन्न संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको अतिथिहरुको रुपमा सहभागिता जनाएका थिए ।

ल्होसार कार्यक्रम हामी जहाँ रहे पनि आखिर हौं त नेपाली नै भन्ने गर्वका शिर उच्च राखी सम्मान स्वारुप नेपाली राष्ट्रिय गान बाट सुरु गर्दै कार्यक्रमका उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपालबाट आमान्त्रित सिन्धुपाल्चोकका गायक गोन्पो शेर्पा शेर्पाको छोरो पनि हिरो छ ,दोलखा जिल्लाको स्वरका धनी गायक सोनाम शेर्पाको विजोड प्रस्तुतिले मनोरन्जन दिएका थिए भने स्थानीय कलाकारहरुले पनि आफनो प्रस्तती दिएका थिए ।

You May Also Like