विकलांगता पीडित महिलाहरुको यौन आवश्यकता पूरा नभए यसरी हुन्छ हानिकारक

इरानमा करिब एक करोड नागरिक कुनै न कुनै विकलांगताबाट ग्रस्त छन् । रुढीवादी देश इरानमा सेक्स जस्तो विषयमा कुरा गर्नु निषेध छ । यस्तो अवस्थामा विकलांगता पीडित महिलाको विषयमा सेक्सजस्ता कुरा सोच्न पनि सकिन्न ।
उत्तरी इरानको एउटा सानो गाउँमा बस्ने ४१ वर्षीया विकलांग महिला मितारा फराजंदाह आफू स्वयमको अनुभव र निराशाहरुका बारेमा बताउँछिन् । उनी भन्छिन्–म एउटी महिला हुँ । म एउटी यस्तो महिला हुँ जो ७५ प्रतिशत शारीरिक विकलांगताबाट ग्रस्त छु । मैले मायाँ अनुभव गरेकी छु । म सधैं भन्ने गर्दछु कि जुन व्यक्तिले कहिल्यै माया अनुभव गरेको छैन वा उ प्र्रेममा परेको छैन तब त्यो खेतमा चराचुरुङ्गीलाई तर्साउन उभ्याइएको पुतलाजस्तै हो ।
११ वर्षकै उमेरमा प्रेम
मितरा भन्छिन् कि जब उनी ११ वर्षकी थिइन् तब उनले आफ्नो एक जना छिमेकीको छोराका विषयमा विशेष भावना महशुस गरिन् र त्यो भावनाको अर्थ उनले त्यतिबेला बुझिनन् । उनी भन्छिन्–त्यतिबेला म स्वयमलाई मानिस ठान्दिन थिएँ । विकलांगताका कारण लाग्थ्यो कि मलाई बाँच्ने अधिकार नै छैन । म मृत्युको अवाञ्छित क्षणको प्रतिक्षा गरिरहेकी थिए ।
मितराका अनुसार १४ वर्षसम्म उनले आफ्नो प्रेम छातीमा लुकाइरहिन् । उनकाअनुसार १४ वर्षपछि उनले उक्त व्यक्ति र आफ्नो परिवारसामु यो कुरा बताउने हिम्मत गरिन् ।उक्त व्यक्तिले उनलाई स्वीकार गरे तर परिवारले गर्न सकेन । उनी भन्छिन्, केही वर्षसम्म उनको जीवन कठिन बन्यो, तर उनको प्रेमले सिकायो कि स्वयमसँग प्रेम कसरी गर्नुपर्छ । उनले भनिन्–उक्त व्यक्तिसँग मैले ३० वर्षसम्म प्रेम गरेँ । यद्यपि हामी कहिल्यै एकसाथ रहेनौ । तर, विकलांगताको परवाह नगरीकन वास्तविकता यो हो कि म एउटी महिला हुँ, जसलाई हरेक त्यो कुरा आवश्यक हुन्छ, जुन एउटा महिलालाई हुने गर्दछ ।
सेक्स जरुरी छ


मितराको आशा छ कि उनको प्रेमी उनलाई अँगालोमा भरुन् र उनको कपाल सुमसुम्याउन् । उनी भन्छिन् कि उनको समाजमा यस्ता धेरै व्यक्ति छन् जो यस्तो सोच्छन् कि उनीहरुजस्ता महिलाहरु प्रेम गर्न लायक छैनन् र यसबाट उनीहरुलाई पीडा हुन्छ । उनी भन्छिन्–म जसलाई माया गर्छु उनका साथ मेरा पिताले बस्ने अनुमति दिँदैनन् । मजस्तै कयौ विकलांग महिलाहरु यौन र भावनात्मक आवश्यकतालाई दबाएर पीडित छन् । उनी भन्छिन्–म मान्दछु कि सबैभन्दा ठुलो परिवर्तन हामीभित्रै आउँछ । हामीलाई सबैभन्दा बढी आवश्यक आफ्नो यौन क्षमता र सीमाहरुलाई स्वीकार गर्नुमा छ । मितरा भन्छिन्–हामीले विश्वास गर्नुपर्दछ कि हामी पूर्णरुपमा जीवन बाँच्ने हकदार छौ र विकलांगतालाई परवाह नगरी हामी यसको पूर्ण आनन्द लिऔं ।
उनी भन्छिन्–म धेरै विकलांग महिलाहरुलाई चिन्दछु, जसको परिवार यो कुराबाट अन्जान छ कि उनीहरु पनि यौन प्राणी हुन् । किनभने यी महिलाहरु स्वयम पनि यस्तो विश्वास गर्न असफल छन् । यदि तपाईलाई विश्वास छैन कि तपाई पनि प्रेमको हकदार हुनुहुन्छ तब तपाईको परिवार कसरी विश्वास गर्नेछ । ?
यौन आवश्यकता पूरा नहुनु हानिकारक
यद्यपि उनका पिता पनि उनको भावनालाई अहिले पनि दबाउँछन्, तर मितरालाई आफ्नो भावनाहरु र आवश्यकता प्रकट गर्दा गर्व लाग्छ । उनी भन्छिन्–अहिले पनि धेरै मानिस छन् जो यो कुरामा विश्वास गर्छन कि विकलांग महिलाहरुको प्राथमिकता आफ्नो यौन र भावनात्मक आवश्यकता प्रकट गर्नु हुन्न, तर सत्य विल्कुल अलग छ।  कतिपय अवस्थामा विकलांग मानिसको यौन ऊर्जा सामान्य मानिसभन्दा बढी हुन्छ । यस्तो मितराको विश्वास छ । उनी भन्छिन् कि उनीजस्ता व्यक्तिका लागि यस्तो असम्भव छ किनभने उनको गम्भीर शारीरिक विकलांगता छ। मितरा भन्छिन् कि यदि विकलांग महिलाको यौन आवश्यकता पूरा भएन भने यो निकै हानिकारक हुन सक्दछ । बीबीसी हिन्दीबाट

You May Also Like