लोखिम शेर्पा किदुगको २०७४ ल्हाप्सो कार्यक्रम सम्पन्न

निम्लेकी शेर्पा
२०७४ फागुण ८
लोखिम शेर्पा किदुगको आयोजनामा लोसार तथा ल्हप्सो कार्यक्रम सम्पन्न भएको छ । साविकको लोखिम गा.वि.सा तथा हाल थुलुङ दुधकौशि गाउँपालिका अन्तर्गत वडा ९ का विभिन्न गाउँमा बसोबास गर्ने शेर्पाहरुले संयुतm रुपमा लोसार तथा ल्हप्सो कार्यक्रम गरेको हो । कार्यक्रममा गाउँका सबै शेर्पा समुदायको उपस्थिति रहेको थियो भने शेर्पा समुदायको साँस्कृतिक नृत्य श्याव्रु नृत्य पनि किदुगका कलाकारहरुले प्रस्तुत गरेका थिए ।


स फो खि लो २१४५ औँ ग्याल्पो लोसारको अवसरमा आयोजना भएको कार्यक्रम लोखिम ९ मा रहेको परमारीमा रहेको च्यङचुप छोर्तेनको प्राङगनमा आयोजना भएको थियो । कार्यक्रममको प्रमुख अतिथि मिन्डुप श्याडुप छोलिङ गोन्पाको प्रमुख लामा आङ दावा शेर्पाले गर्नु भएको थियो । विशेष गरी शेर्पा जातीको कला संस्कार संस्कृतिलाई गाउँघरमा पनि झल्कउन र गाउँमा रहेका सबैमा भातृत्व कायम गर्नका निम्ति यो कार्यक्रम आयोजना गरेको किदुगका सचिव तथा कार्यक्रम संयोजक सोनाम फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

खोटाङ र सोलुखुम्बुको बीचमा अवस्थित यो क्षेत्र पर्यटकिय दृष्टिकोणबाट उत्कृष्ट छ । तर पनि साचे जस्तो पर्यटकहरु अझै भित्रन नसकेकोले यस्तो खालको क्रियाकलापहरुले केहि टेवा पुग्ने आशा सहित संस्कृतिको संरक्षण र भविष्यमा साँस्कृतिक पर्यटन भित्¥याउन तथा पर्यटकिय क्षेत्रको विकास र पवद्र्धनका लागि यो खालको पहल युवाहरुले चालेको संस्थाका अध्यक्ष जाङवु शेर्पाले बताउनुभयो ।

 

You May Also Like

2 thoughts on “लोखिम शेर्पा किदुगको २०७४ ल्हाप्सो कार्यक्रम सम्पन्न

Comments are closed.