यस्तो छ रोजिनाको क्यूटी मैयाँ

गायिका रोजिना गुरुङ नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । क्यूटी मैयाँ…शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो । रोशन थापाको संगीत निर्देशनको उक्त गीतका शब्दहरु विद्याराज शिवाकोटीले रचना गरेका हुन् । किरण तुलाधरले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय तथा नृत्य गरेको उक्त गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । मोहन राज

अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । भिडियोलाई लोकेश बज्रँचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् । पार्टी थिममा आधारित उक्त गीतको भिडियोलाई पनि पार्टी थिममै आधारित बनाइएको छ । गीतमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् ।

You May Also Like